चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

प्रज्जवल थापा । इङ्लिस क्लब चेल्सी युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा चेल्सीले स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडलाई २-० ले तथा समाग्रमा ३-० ले पराजित गर्दै क्वाटरफाइनलको टिकट काटेको हो ।

दुई टोलीबिच भएको पहिलो लेगमा चेल्सी १-० गोलले विजयी भएको थियो । बुधबार राति स्ट्रामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन हाकिम जियाच र इमर्सनले एक/एक गोल गरे । ३४ औं मिनेटमा टिमो वेर्नरको पासमा जियाचले गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाएका थिए ।

यस्तै दोस्रो हाफको अतिरिक्त समयको चौथो मिनेटमा पुलिसिकको पासमा इमर्सनले गोल गर्दै चेल्सीलाई २-० गोलको जित दिलाए । यससँगै चेल्सी प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गर्ने तेस्रो इङ्लिस टोली बनेको छ । यसअघि नै म्यान्चेस्टर सिटी र लिभरपुलले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *