थप ९४ जनामा कोरोना संक्रमण, ५५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७५५१८ पुगेको छ ।

त्यस्तै बुधबार थप ५५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २७१५५० पुगेको छ । क्वारेन्टाइनमा ४९ जना छन् भने आइसोलेसनमा ९५४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *