USAID

मदन भण्डारी फाउण्डेसनमार्फत ओलीले देशभरी गुटबन्दी गरेपछि समस्या आयोः झलनाथ खनाल

  • 1.3K
    Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीका कारण पार्टीभित्र विवाद बढेको बताएका छन् । बुधबारदेखि ललितपुरमा सुरु भएको आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले मदनभण्डारी फाउण्डेसनमार्फत ओलीले देशभरी गुटबन्दी गरेको आरोप लगाएका हुन् ।

उनले देशको राजनीतिलाई अग्रगमनतर्फ लैजानुपर्नेमा ओलीले दक्षिणपन्थी अवसरवादी बाटो रोजेको बताए । उनले पार्टी नेतृत्वको षड्यन्त्रमूलक जालोमा पार्टी फसेको समेत बताए । उनले पार्टी अध्यक्ष ओलीले निर्वाचन घोषणपत्रमा जनतासामु गरेका प्रतिवद्धता लागू गर्नुपर्नेमा त्यसका विपरीत जाने काम गरेको समेत बताए ।

उनले भने, ‘पार्टीका विचार र भावना लागू गर्न सकेनन् । त्यसले गर्दा तीन वर्षको अवधिमा देश अग्रगतिमा जान सकेन । भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा झन् बढ्यो । स्वयम् प्रधानमन्त्री भ्रष्टाचारीलाई संरक्षण गर्न लाग्नुभयो । नियुक्तिमा पनि क्षमता भएका भन्दा पनि आफ्ना धुपौरेहरुलाई राख्ने काम गर्नुभयो । संसदमा दुई तिहाइ बहुमतका साथ थियौं । बलियो ऐन विधेयक बनाउन सक्थयौं । ओलीले पार्टीसँग छलफल नगरी विवादित विधेयक प्रस्तुत गर्नुभयो । जसलाई जनताले दुत्कारे । जस्तै गुठी विधेयक । काठमाडौंका जनता सडकमा आए । उहाँलाई पार्टीमा विचार विमर्श गरौं भन्दा सुन्दै सुनेनन् । पछिल्लो समय त उनले पार्टीका बैठक नै राखेनन् । जसरी पार्टी एकीकृत भएको थियो दुई तीन महिनामा एकीकरण पूरागर्ने भनेको थियो । तीन वर्ष पुग्दा पनि एकीकरण हुन सकेन ।’

उनले ओलीको एकलौटी निर्णयका बारेमा पार्टी कमिटी भित्र प्रश्न उठाए पनि तर बाहिर नउठाई तीन वर्षसम्म सहेर बसेको बताए । अहिले अचाक्ली भएपछि बाहिर कुरा उठाएको खनालले बताए । खनालले ओलीकै अहंकारका कारण समाजवादको दिशामा देशलाई अघि बढाउने काममा धक्का लागेको बताए ।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई अझ माथि उचाइमा पुर्याउने र देशलाई अग्रगमनमा अघि बढाउने उद्देश्य थियो । तर ओलीले पार्टीलाई बेवास्ता गरेर मनपरी गर्नुभयो । मन्त्रिपरिषद पनि आफ्नो गुटका मान्छे मात्र राखेर बनाए । योजना आयोग पनि एकलौटी गरियो । त्यसमा पार्टीसँग कुनै सरसल्लाह गरिएन । तीन वर्षका नीति कार्यक्रममा पार्टीमा सल्लाह गरिएन । बजेट तीन वटा आए तर ती बजेटमा पनि पार्टीका सोच नीति कुनै आएनन् । उनले एकलौटी ढंगले बजेट प्रस्तुत गर्नुभयो ।’


  • 1.3K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *