USAID

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला सुरु


काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आजदेखि ललितपुरमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिवबाहेकको जिम्मेवारी खोसेपछि नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।

भेलामा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्टलगायत नेताहरु सहभागी छन् । पार्टी अध्यक्ष ओलीले एकलौटी निर्णय गर्न थालेपछि समानान्तर कमिटी गठन गरेको नेपाल पक्षको भेलामा देशभरबाट करिब २ हजार नेता–कार्यकर्ता सहभागी हुने बताइएको छ ।

फागुन २८ गते एमालेको केन्द्रीय कमिटी नाम दिइएको बैठकले पार्टी विभाजनतर्फ गएका भन्दै त्यसकाबारेमा आमकार्यकर्तालाई बुझाउन नेपाल पक्षले भेला बोलाएको हो । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी भएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *