कांग्रेस नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी : अस्पताल

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । नर्भिक अस्पतालले बुधबार विज्ञप्ति जारी गरी मस्तिष्काघात भई उपचार गराइरहनुभएका जोशीको अवस्था गम्भीर रहेको जानकारी दिएको हो ।

अस्पतालका अनुसार जोशीलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । केही सञ्चारमाध्यमले जोशीका बारेमा भ्रामक समाचार सम्प्रेषण गरेपछि अस्पतालले विज्ञप्ति निकालेर उनको अवस्थाबारे जानकारी गराएको हो ।

विज्ञप्तिमा केही दिनको उपचारपछि जोशीको स्वास्थ्यमा सुधार आएको तर अहिले भने अवस्था गम्भीर भएको जनाइएको छ । “आफैँले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको ‘सपोर्ट’बिना नै राखिएको थियो तर अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो”, विज्ञप्तिमा भनिएको छ, “हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौँ । उहाँको अहिले अवस्था गम्भीर रहेको छ ।” फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *