USAID

एमालेको नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि ललितपुरमा सुरु हुँदैछ । दुई दिने भेलामा सहभागी हुन जिल्ला जिल्लाबाट नेताहरु काठमाडौं आइसकेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल पक्षले त्यसको विरोध गर्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।भेलामा ओलीको कदम र भावी कार्यदिशाबारे छलफल हुने बताइएको छ ।

नेपाल पक्षले भेला बोलाएपछि त्यसलाई रोक्न भन्दै ओलीले नेपाल पक्षसँग वार्ता गरेका थिए । तर ओली आफूले गरेका निर्णय फिर्ता नलिने तर भेला भने रोक्न आग्रह गरेपछि नेपाल पक्ष झनै असन्तुष्ट बनेको छ ।

त्यस्तै नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोसिएपछि नेपाल पक्षले समानान्तर कमिटीसमेत बनाएको छ । नेपाल पक्षले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीसमेत दिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *