प्राध्यापक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन

काठमाडौँ । प्राध्यापक माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गाैला र मुटु रोगको समस्याबाट पीडित श्रेष्ठको महाराजगन्जस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा मंगलबार बिहान निधन भएको हो ।

कम्युनिस्ट विचारधाराका श्रेष्ठले माक्र्सवादबारे गहन अध्ययन गरेका थिए । श्रेष्ठ २०१४ सालमा काठमाडौं नगरपालिका–९ (हाल–१७) ठहिटीमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उनले स्थानीय तहमा मातृभाषा लागू गराएका थिए । उनी त्रिविअन्तर्गत त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत छँदा वामपन्थी आन्दोलन लागेका कारण गिरफ्तारमा परेर थुनिएसँगै उनलाई बर्खास्त गरिएको थियो । माणिकलालकी पत्नी सुशाीला सिंह‘शिलु’ को गत जेठमा निधन भएको थियो । उनी सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश हुन् ।

माणिकलालका दुई छोरा वरिष्ठ कार्डिओलोजिस्ट डा. मलखलाल श्रेष्ठ र चिकित्सक डा. सितुलाल श्रेष्ठ छन् । जेठो छोरा विदेशमा रहेकाले उनी फर्किएपछि श्रेष्ठको अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *