सुदूरपश्चिम इन्चार्जमा भट्टको नाम राखेपछि एमालेका दुई पक्षबीच झडप

धनगढी । नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्टको नेमप्लेट राखिएपछि भडप भएको छ । पार्टी एकीकरण हुँदा नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जमा भीम रावल रहेपनि अहिले अदालतले एमाले र माओवादी केन्द्र ब्यूताएपछि भट्टलाई ओली समूहले इन्चार्जका रुपमा अघि सारेको छ ।

सोही क्रममा भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेपछि दुवै समूहबीच झडप भएको हो । उनीहरुले एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल नै रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए । दुवै समूह नाराबाजीमा उत्रिएपछि भएको झडपमा केही कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ । अहिले पार्टी कार्यालयको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *