अमेरिकास्थित नेपाली राजदूताबासको कन्सुलर सेवा बन्द, आपतकालीन सेवाको लागि इमेल गर्न आग्रह

काठमाडौँ । अमेरिकास्थित नेपाली राजदूतावासले आफ्ना केही कर्मचारीमा कोभिड १९ संक्रमणको आशंका देखिएको भन्दै नियमित कन्सुलर सेवा बन्द गरेको छ । सेवा सुचारू हुने अनिश्चित भएकाेले आपतकालिन सेवाको लागि राजदूताबासले इमेलबाट सम्पर्क गर्न सुचित गरेकाे छ ।

राजदूताबासद्वारा जरुरी सूचनामा कन्सुलर शाखाका केही कर्मचारीहरुमा कोभिङ-१९ संक्रमण आशंकाको कारण आपतकालीन यात्रा अनुमतिपत्र तथा भिषा आवेदन बाहेक दूतावासबाट प्रदान गरिने अन्य नियमित कन्सुलर सेवा पर्सि शुक्रबारसम्मका लागि स्थागित भएकाे जनाइएको छ ।

तत्कालका लागि दुई दिन सेवा बन्द गरिए पनि शनिबार र आइतबार पर्ने सार्वजनिक बिदाका कारण कन्सुलर सेवा कम्तिमा चार दिन अवरुद्ध हुने निश्चित छ । नियमित सेवा सुचारु हुने दिन खुलाइएको छैन । राजदूताबासले  ‘नियमित सेवा सुचारु हुने सम्बन्धी सूचनाको लागि दूतावासको वेबसाइट हेर्दै गर्नुहोला’ भनेको छ ।

आपतकालीन अवस्थामा समेत इमेलबाट सम्पर्क गरी समय लिएर मात्र दूतावास जान सम्बन्धित सबैमा अनुरोध गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *