व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्दा राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्योः नेता शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सत्ता स्वार्थ, व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुगेको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत नेता शर्माले हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कम्जोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको बताएका हुन् ।
यस्तो छ शर्माको फेसबुक स्टाटस
हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कमजोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ । आफैंभित्र उत्तर खोज्दै जाँदा लोकतान्त्रिक मूल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्वबाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ ।

परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो । नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जानु पनि अर्को कारण हो ।

राजनैतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योग्दानको उच्च सम्मान गर्दै लोकतन्त्र, राष्ट्रियता र जनताका सपनाबाट विचलित विकृत राजनीति प्रति घृणा गर्दै लोकतान्त्रिक मुल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादी भावना र जनताप्रतिको उत्तरदायित्वपुर्ण आचरणमा प्रतिबद्ध हुँदै समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो गरौं ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *