कर्णाली नदीमा हामफालेर बेपत्ता एकै परिवारका पाँच मध्ये दुईको शव फेला

दैलेख । दैलेखमा एक महिला चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् । सोमबार आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवाल चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

दुई छोरी १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव भेटिए पनि अन्य बेपत्ता छन् । आमा सुकीसँगै १० वर्षीय छोरा ललित बडुवाल र ५ वर्षीया रजनी बडुवाल नभेटिएका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले जानकारी दिए ।

स्थानीयले सुकीले कर्णाली नदीमा हाम फालेको बताए पनि प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *