महिलाको अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द पार्नुपर्नेमा जोड दिएका छन् ।

एक सय ११ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले जनयुद्ध, ऐतिहासिक जनआन्दोलनलगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिमा नेपाली महिलाले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको बताएका हुन् ।

उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि भइरहेका आक्रमण र दुव्र्यवहारले सङ्घर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलितलगायत समुदायमाथि संरक्षण गर्ने निकायबाटै आक्रमण हुनु विडम्बना रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *