भीम रावलको प्रश्नः वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो ?

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले अहिलेको सरकारको हैसियतमाथि प्रश्न उठाएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा प्रचण्ड–नेपाल समूहका सांसद भीम रावलले अहिलेको सरकार कसको हो भनेर प्रश्न गरेका छन् ।

उनले वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो? ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’सरकारले वैद्यता गुमाइसकेको रावलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *