काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही काठमाडौँको ह्याम्स अस्पताल भर्ना भएका छन् । प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले मुख्यमन्त्री शाही ह्याम्स अस्पताल भर्ना भएको जानकारी दिदैँ उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उच्च रक्तचाप समस्याका कारण मुख्यमन्त्री शाहीलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो । उनी आज डिस्चार्ज हुने सम्भावना रहेको बताइएको छ ।
फाेटाेः मन्त्री ज्वालाकाे फेसबुकबाट