वामदेवलाई भेट्न प्रधानमन्त्री ओली भैंसेपाटीमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न शुक्रबार साँझ गौतम निवास भैंसेपाटी पुगेका छन् । प्रधानमन्त्री ओली आफूनिकट नेताहरूलाई लिएर गौतमलाई भेट्न भैंसेपाटी पुगेका हुन् ।

गौतमपुत्र हरिशले सामाजिक संजालमा लेखेका छन्, ‘आज सु स्वास्थ्यको कामना गर्न सम्माननीय प्रधानमन्त्रीज्यूसहित मन्त्रीज्यूहरु क.वामदेव निवास भैसेपाटीमा आउनु भएको थियो ।’ उपाध्यक्ष गौतम केही दिनअघि घरभित्रै लडेर सामान्य घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *