प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो एक बजे बैठक बोलाइएको छ ।

फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे बैठकले निर्देशन दिनेछ । यसअघि प्रचण्ड–नेपाल समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै अर्का अध्यक्ष केपी शर्मा ओलीलाई हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *