प्रिमियर लिगमा टोटेन्हाम र एभर्टन विजयी

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा टोटेन्हाम र एभर्टन विजयी भएका छन् । गएराति भएको खेलमा दुवै टोलीले आ-आफ्नो खेलमा जित निकालेका हुन् ।

बिहीबार भएको पहिलो खेलमा टोटेन्हामले फुल्हामलाई १-० गोलले पराजित गरेको हो । क्राभेन कटेजमा भएको खेलमा टोटेन्हामले एक गोल उपहार पाएको थियो । सनको क्रस फुल्हामका डिफेन्डर टोसिन अडराबियोलाई लाग्दै बलले पोस्टको दिशा लिएको हो । जितसँगै टोटेन्हाम २६ खेलमा ४२ अङ्क जोड्दै आठौं स्थानमा उक्लिएको छ ।

यस्तै हिजै भएको अर्को खेलमा एभर्टनले वेस्ट ब्रोमलाई १-० गोलले पराजित गरेको हो । एभर्टनलाई जित दिलाउन ६५ औं मिनेटमा रिचार्लिसनले निर्णायक गोल गरे । जितसँगै एभर्टन २६ खेलमा ४६ अङ्क जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *