विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव नेकपाबीच भएको तीनबुँदे सहमति अनुमोदन गर्दै प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

बिहीबार बिहान सरकार र विप्लव नेतृत्वको नेकपाबीच भएको वार्तामा पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्ने, प्रतिबन्ध फुकुवा गर्नेलगायत सहमति भएको थियो । शुक्रबार सहमति घोषणा गर्ने विशेष कार्यक्रममा चन्द सार्वजनिक हुँदैछन् । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सम्बोधन गर्ने तयारी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *