गायक सुजन चापागाईं नयाँ गीत ‘लजाएर’ लिएर आएका छन् । गायक सुजनको युट्युब च्यालनमार्फत् गीतको भिडियो सार्वजनिक भएको हो । गीतको नवीन चौहानले निर्देशन गरेका छन् ।
भिडियोमा सुजनले प्रिया लिम्बुसँगै अभिनय गरेका छन् । त्यस्तै भिडियोमा मिलन खत्री, अनु काफ्ले, सरिना गुरुङ, शिव थापा, सुजन भट्टराई लगायतको समेत अभिनय छ ।
