माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट एकजनाको मृत्यु

चितवन। माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एकजनाको घटनास्थलमै मृत्यु भएको छ। कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २:४० बजे नीलगाईले आक्रमण गरेको थियो।

मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *