चीनले नेपाललाई कोभिडविरुद्धको आठ लाख डोज खोप उपलब्ध गराउने

काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको आठ लाख डोज खोप दिने भएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार ट्वीट गर्दै नेपाललाई अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी हुन् ।

चीनले सुरुमा ३ लाख डोज दिने घोषणा गरेको थियो भने पछि बढाएर ५ लाख पुर्याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *