काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका मेनपावर व्यवसायी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नवलपरासी देवचुली गाउँपालिका-१३ का ४८ वर्षीय गुरुदत्त पौडेल रहेका छन।
रिलायवल एचआर सोलुसन प्रा.लि.का सञ्चालक पौडेललाई ब्युरोको टोलीले हिजो साँझ बागबजारबाट पक्राउ गरेको हो।
ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनीमाथि २०६८ साल माघ १० गते वैदेशिक रोजगार न्यायाधीकरणले एक वर्ष ६ महिना कैद सजाय तोकेकको थियो।
सिंगापुरमा आकर्षक जागिर लगाइदिने प्रलोभन देखाएर उनले पीडितहरूसँग चार लाख ५० हजार लिएर दुबई पठाई ठगी गरेको आरोप थियो। पौडेललाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको एसपी पन्तले जानकारी दिइन्।
