सुमन सायमिको रिहाइ माग गर्दै कालिमाटीका बासिन्दाले आज दुई घन्टा पसल बन्द गर्ने

काठमाडाैँ । बालाजु, बाइपासबाट पक्राउ गरिएका उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमिको रिहाइ माग गर्दै कालिमाटीका बासिन्दाले आज  दुई घन्टा पसल बन्द गर्ने भएका छन्।

उनका अनुसार कालिमाटी चोकदेखि सोल्टीमोडसम्मका पसल व्यवसायहरू बन्द गरिने छन्।

सडक विस्तारले अतिक्रमणमा पर्न आँटेका कालिमाटीका घर जोगाउन सायमिको योगदान रहेको भन्दै उनको समर्थनमा बजार बन्द गराउन लागेको महर्जनले बताए।

सायमिको रिहाइ निम्ति दबाव दिन आइतबार बिहान १० देखि १२ बजेसम्म पसलहरू बन्द गराउन लागेको कालिमाटीका स्थानीय मुकेश महर्जनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *