सर्वोच्च अदालतको स्टे अर्डरको बेवास्ता गर्दै काठमाडौंको बालाजु बाइपास सडकमा डोजर

काठमाडौं । सर्वोच्च अदालतको स्टे अर्डरको बेवास्ता गर्दै काठमाडौं महानगरपालिका-१६ को बालाजु बाइपास सडकमा डोजर पसेको छ।

विवादकै क्रममा स्थानीयहरूसँग परामर्श नै नगरी शनिबार बाइपास सडकको निर्माण काम अघि बढाइएको हो।

सडक निर्माणको काम गर्न दुई वटा डोजरले काम अघि बढाएको स्थानीय तथा पीडित रोशन श्रेष्ठले जानकारी दिए।

विवाद हुने भएपछि सो ठाउँमा प्रहरीसमेत परिचालन गरिएको छ।

‘पुलिसहरूले कतै जान दिएको छैन। तीन ट्रक पुलिसहरू आएर बसेका छन्,’ उनले भने।

पीडितहरूले मुद्दा हालेपछि सो क्षेत्रमा कुनै पनि निर्माणको काम अघि नबढाउनू भन्दै सर्वोच्चले स्टे अर्डर जारी गरेको छ।

तर अहिले निर्माणको काम अघि बढाइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *