सत्यराजको ‘म बाँच्नुको..’

गायक सत्यराज आचार्यको नयाँ गीत ‘म बाँच्नुको..’ सार्वजनिक भएको छ । गीतमा आचार्यसँगै वसन्त प्रकृतिले स्वर दिएकी छिन् । गीत दुर्गाप्रसाद आचार्यको शब्द तथा संगीतमा तयार भएको हो ।

गीतमा रंगकर्मी मिलन कार्की र रक्षा थापाको अभिनय छ । भिडियोको अंकित बासु र आयान खड्काले संयुक्त निर्देशन गरेका हुन् । भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *