आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना

काठमाडौँ ।  आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको छ ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम बेलुकीसम्म नै रहने महाशाखाका मौसमविद्ले बताएका छन् । अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ । यस्तै तराईका थोरै ठाउँहरुमा हल्का कुहिरो र हुस्सु लागेको छ भने अरु ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *