विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख २९ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख २९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २५ लाख २९ हजार ३०५ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४ लाख १८ हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ करोड ३९ लाख ८४ हजार ४० पुगेको छ । हालसम्म विश्वमा ८ करोड ९५ लाख ३८ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

संक्रमितमध्ये २ करोड १९ लाख १६ हजार ५२८ जना सक्रिय संक्रिमत रहेका छन् भने ९१ हजार ४६ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख २३ हजार ८२ जनाको मृत्यु भएको छ भने २ करोड ९१ लाख ३६ हजार भन्दा बढी संक्रमित भएका छन् ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड १० लाख ७९ हजार नाघेको छ भने १ लाख ५६ हजार ९७० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १६ हजार ५६ जनामा संक्रमण पुष्टि भएको छ भने १०९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *