कीर्तिपुर नयाँ बजारमा भ्यानलाई ठक्कर दिँदा भ्यानका चालक गम्भीर घाइते

काठमाडौँ । कीर्तिपुर नयाँ बजारको वनवेमा गलत दिशाबाट आउँदै गरेको एउटा कारले विपरीत दिशाबाट आइरहेको भ्यानलाई ठक्कर दिँदा भ्यानका चालक गम्भीर घाइते भएका छन्।

गलत दिशाबाट आउँदै गरेको बा १६ च १३३४ नम्बरको कारले बा १२ च २८१० नम्बरको भ्यानलाई ठक्कर दिँदा भ्यानका चालक गम्भीर घाइते भएका हुन्। उनलाई कीर्तिपुर प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर अस्पताल पुर्‍याएको छ।

घटनापछि फरार रहेका कारका चालकलाई प्रहरीले कलंकीको एक होटलबाट पक्राउ गरेको कीर्तिपुरका डिएसपी रुकेश तण्डुकारले जानकारी दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *