अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित

बझाङ।  अज्ञात रोगका कारण जयपृथ्वी नगरपालिकाका दुई वटा वडाका नागरिक प्रभावित भएका छन्।

नगरपालिकाको वडा नं. ८ स्थित जोशी गाउँ र वडा नं. १० स्थित दमदुर, कुलाली गाउँका नागरिकमा करीब एक हप्तादेखि पहिचान हुन नसकेको रोगका कारण त्रास उत्पन्न भएको स्थानीयवासी उमाकान्त जोशीले बताए।

उनका अनुसार प्राय: गाउँमा बृद्ध र बालबालिकामा यस्तो समस्या देखिने गरेको पाइएको छ। साथै बिरामीमा ज्वरो आउने, रिङ्गटा र वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको छ ।

रोगको पहिचान हुन नसकेपछि स्थानीयवासीले आफूसँग अनुमानका भरमा औषधि सेवन गर्न थालेका छन्।

जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले मौसम परिवर्तनका कारणले पनि यस्ता लक्षणहरु देखापरेको हुनसक्ने बताए। उनले असहज परिस्थिति भएमा तुरुन्त नजिकैको स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल आउन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *