हुम्ला। सुर्खेतमा बर्डफ्लु देखिएपछि त्यहाँबाट आयात हुने बोइलर मासुमा रोक लगाइएको छ।
बैठकले पशुपंक्षीसमेत बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
सिमिकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले सुर्खेतबाट हवाइमार्ग हुँदै आयात हुने बोइलरको मासु यही फागुन २० गतेसम्मका लागि रोक लगाइएको जानकारी दिए।
सिमिकोट गाउँपालिकाको बैठकले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै बोइलर को मासुमा रोक लगाइएको यहाँस्थित पशु सेवा शाखाले जनाएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्ष छक्कबहादुर रोकायालगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो।
कर्णाली प्रदेश राजधानी सुर्खेतमा बर्डफ्लु देखापरेपछि हुम्लामा पनि सर्वसाधरणलाई ब्रोइलरको मासु नखान र व्यापारीलाई बेचबिखन नगर्न भनिएको छ।
