हुण्डी कारोबार गर्ने दुई जना भारतीय पक्राउ

पर्सा। हुण्डी कारोबार गर्ने दुई जना भारतीय पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले दुई जनालाई स्रोत नखुलेको सात लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए।

पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोदकुमार छन्।

उनीहरूलाई प्रहरीले भारतको रक्सौलबाट भारतीय नम्बरको मोटरसाइकलमा वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा रोकेको थियो।

रोकेर प्रहरीले चेक गर्दा उनीहरूबाट प्रहरीले ७ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा अनुसन्धान अघि बढाएको छ।

उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *