काठमाडौँ । काठमाडौंको माइतीघर मण्डलामा विकासका नाममा जारी प्रतिगमनविरूद्ध प्रदर्शन गरिएको छ । बृहत् नागरिक आन्दोलन,उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, नेवाः देय् दबूको संयोजनमा विभिन्न खलःपुचःमोर्चा/अभियानले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले सुकुम्बासीलाई आदिवासी बनाउन पाइँदैन,कानुनी राज्यको प्रत्याभूत गर, सर्वोच्च आदेशको पालना गर लगायत नारासहितको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशविपरीत स्थानीयकै जग्गामा सूचना केन्द्र बनाउन लागेको भन्दै त्यहाँका ३९ घर परिवारले विरोध गर्दै आएका छन्।

