आजको मौसम सामान्यतया सफा रहने : पहाडी स्थानमा भने आंशिकदेखि सामान्य बदली

काठमाडौँ । मुलुकका केही पहाडी स्थानमा आंशिकदेखि सामान्य बदली भए पनि अधिकांश स्थानमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

प्रदेश नम्बर १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्।

यस्तै आज राति पनि प्रदेश नम्बर १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *