तोलामा ११ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार एक हजारभन्दा बढीले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० रुपैयाँमा कारोवार भएको छापावाला सुन मंगलबार भने तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० रुपैयाँमा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत मंगलबार २५ रुपैयाँले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी मंगलबार भने एक हजार ३६० रुपैयाँ मूल्य कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *