कांग्रेसले प्रदेश सरकारविरुद्ध मतदान गर्छः नेता सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको पक्षमा मतदान गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले यस सम्बन्धमा नेपाली कांग्रेस प्रदेश संसदीय दलले निर्णय गरी अविश्वासको पक्षमा मतदान गर्ने प्रस्ट पारे ।

नेता सिटौलाले संसद् विघटन गलत रहेको पार्टीको निर्णय स्पष्ट छ भन्दै यसका विरुद्ध देशव्यापीरूपमा आन्दोलन र विरोधका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

उनले संविधानबाट निर्माण भएको सर्वोच्च अदालतले यसको रक्षा गर्ने विश्वास व्यक्त गर्दै यससम्बन्धी विकल्प नदिने आशा व्यक्त गरे । उनले संसद् विघटनले वैधानिकता पाएमा क्रमिकरूपमा व्यवस्था समाप्त हँुदै जाने आशङ्का व्यक्त गरे । सिटौलाले सर्वोच्चको फैसलापछि सङ्घीय सरकार गठनका सम्बन्धमा निर्णय हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *