काठमाडौँ । प्रहरीले जुवा खेलिरहेका १७ जनालाई ललितपुरकाे सुनाकाेठीबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँसमेत बरामद भएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको परिसरकी एसएसपी किरण बज्राचार्यले बताइन् । प्रहरीले जुवाखालबाट कौडा र ताससमेत बरामद गरेको छ ।
