फेसबुकद्वारा अष्ट्रेलियामा संचारमाध्यमलाई समाचार सेयरमा रोक

अष्ट्रेलियामा सामाजिक सञ्जाल फेसबुकले न्युज फिडमा समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको छ । अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द गरिदिएको हो ।

अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिर्नुपर्ने व्यवस्था छ । फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नभई प्रकाशकहरूले नै आफ्नो समाचारको प्रयोगकर्ता बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानुन ल्याउन नमिल्ने बताएको छ ।

फेसबुकमा समाचार सेयर गरेर सन् २०२० मा अष्ट्रेलियका संचारमाध्यमले ४०७ मिलियन अष्ट्रेलियन डलर कमाएको उसको दाबी छ । गत जनवरीमा अष्ट्रेलियाको सिनेटमा भएको सुनुवाइका क्रममा फेसबुकले प्रस्तावित विधेयक कानुन भए आफूले अष्ट्रेलियाली प्रयोगकर्ताको न्युज फिडमा समाचार आउनै नदिने बताएको थियो भने गुगलले सर्च इन्जिन नै बन्द गर्ने चेतावनी दिएको थियो । विधेयकबारे अहिले सिनेटमा छलफल चलिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *