भारतका श्रममन्त्रीमाथि बम प्रहार, अवस्था गम्भीर

काठमाडौँ । भारतको पश्चिम बङ्गालका श्रममन्त्री जाकिर हुसेनमाथि बम प्रहार गरिएको छ । गएराति भएको हमलामा मन्त्री हुसेन गम्भीर घाइते भएका छन् ।

मन्त्री हुसेनको अहिले मुर्शिदावाद मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ । प्रहरीका अनुसार मन्त्री हुसेनसहित अन्य दुई जना पनि घाइते भएका छन् ।

पश्चिम बङ्गालको मुर्शिदावाद जिल्लाको निमटिटा रेलवे स्टेशनमा अज्ञात व्यक्तिहरुले उनीमाथि बमले हमला गरेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ ।

भारतीय केन्द्रीय रेलमन्त्री पियुष गोयेलले घटनाको निन्दा गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *