थप १२५ जनामा कोरोना संक्रमण, ९१ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२५ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३०७० पुगेको छ ।

त्यस्तै बुधबार थप ९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६९३९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ७२ जना छन् भने आइसोलेसनमा १६२१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *