भारतलाई गृहमन्त्री अमित शाहको अभिव्यक्तिबारे स्पष्ट पार्न प्रचण्ड-नेपाल समूहको आग्रह

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति जारी गरी भारतीय गृहमन्त्री अमित शाहले आफूहरुसँगको छलफलमा नेपाल लगायतका देशमा भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राखेको अभिव्यक्ति दिएका थिए ।

यस्ता अभिव्यक्तिले छिमेकी मित्रराष्ट्र बीचको सम्बन्धमा भ्रम छर्ने र नकारात्मक असर पुर्याउने भएकाले शाहले अभिव्यक्तिबारे भारत सरकारले स्पष्ट पार्नुपर्ने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *