सपना रोक्का मगरलाई अभद्र व्यवहार गरेको अभियोगमा विनयजंग बस्नेत पक्राउ

काठमाडौ । राजधानीमा बेवारिसे अवस्थामा फेला पर्ने शवको व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । बस्नेतसंगै शव व्यवस्थापनमा संलग्न रहँदै आएकी सपना रोक्का मगरको उजुरीमा बस्नेतलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौले जानकारी दिएको छ ।

बस्नेतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै मगरले प्रहरीमा उजुरी दिएपछि पक्राउ गरीएको प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *