संसद विघटन संविधानसम्मतः प्रधानमन्त्री

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याका अपराधीलाई नछाडिने बताएका छन् । बुटवलमा नेकपाको ओली समूहले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेकाले उनीहरुलाई कानुनी दायरामै ल्याएरै छाड्ने बताएका हुन् ।

उनले अपराधीहरुलाई पानीमुनि गएपनि नछाड्ने बताए । उनले संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने दाबी गरे । प्रधानमन्त्रीले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले संसद विघटन गरेको बताए ।

धारा ७६ (१) को प्रधानमन्त्रीले ७६(७) बमोजित संसद विघटन गरेको र यो संविधानसम्मत भएको उनको दाबी थियो । संसद पुनःस्थापना भए कुनै पनि पार्टीको बहुमत नहुने र त्यस्तो बेला अस्थिरता आउने प्रधानमन्त्रीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *