‘नयाँ विश्व, नयाँ रेडियो’ नाराका साथ आज १० औ विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं । आज दशौं विश्व रेडियो दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।

रेडियोको महत्त्व, योगदान र चुनौतीहरुको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले यस वर्षको विश्व रेडियो दिवसको नारा ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने तय गरेको छ।

नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.सं.२००३ सालमा रेडियोको प्रसारण सुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ। अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९०० हाराहारी छ। नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७०० भन्दा बढी छ।

नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो। विभिन्न सञ्चार माध्यमको विकास भए पनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *