स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङलो बाँधेर प्रर्दशन

काठमाडौं। स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाण्डौमा हातमा साङलो बाँधेर प्रदर्शन गरेका छन्। साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङलो बाँधेर प्रर्दशन गरेका हुन्। ‘सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन’को ब्यानरमा स्रष्टाहरुले भृकुटीमण्डप देखि बसन्तपुरसम्म र्‍याली निकालेका हुन्।

ब्यानरभन्दा अगाडि विधिको शासन कायम गर, मानव अधिकार रक्षा गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, हत्या हिंसा बन्द गर, प्राज्ञिक स्वतन्त्रता कायम गर…लेखिएको प्लाकार्ड टाँसेर हातमा साङलो बाँधेका मण्डला थिएटरका कलाकारहरु थिए।

उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सबै किसिमका प्रतिगमनविरुद्ध हातमा साङलो बाँधेर प्रर्दशनमा उत्रिएका हुन्।

वसन्तपुरमा पुगेर गरिएको सभामा कलाकार तथा स्रष्टाहरुले अभिव्यक्ति स्वतन्त्रण कुण्ठित भएको विरोधमा प्रतिकात्मक नाटक देखाउनुको साथै कविता र गीतबाट प्रतिगमनको विरोध गरेका थिए।

कलाकारहरुले साङलोले हात बाँधेर अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाएको विरोधमा प्रतिकात्मक प्रदर्शन गरेका थिए।

त्यसैगरी प्रविन शर्मा र प्रकाश गन्दर्भले गीत गाएर प्रतिगमनको विरोध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *