काठमाडौंको तारकेश्वरमा फेरि देखियो बर्ड फ्लू

काठमाडौं ।  काठमाडौंमा फेरि बर्ड फ्लू देखिएको छ।

तारकेश्वर नगरपालिकाको वडा नं ७ साङ्लेखोला फुटुङमा बर्ड फ्लू रोग देखा परी नियन्त्रण भएपछि वडा नं १ का कृषकले पालेका हाँसमा बर्ड फ्लू देखिएको पशुसेवा विभागले जनाएको छ।

विभागका अनुसार बर्ड फ्लू रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र नदिन र तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको छ। रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको विभागले बताएको छ।

यस क्रममा १४ सय २१ हाँस, ४२ स्थानीय कुखुरा, २६ अण्डा र ८०० केजी दाना नष्ट गरिएको छ। रोग देखा परेको क्षेत्रलाई पूर्ण निःसंक्रमण समेत गरिसकिएको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *