भागरथीको हत्यारालाई कारवाही माग गर्दै नेविसंघको प्रदर्शन

बैतडी । नेपाल विद्यार्थी संघले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दै प्रदर्शन गरेको छ । नेविसंघ कान्तिपुर सिटी कलेजले बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टका दोषीलाई तत्काल कारवाही गर्न माग गर्दै प्रदर्शन गरेको हाे ।

नेविसंघ कान्तिपुर सिटी कलेजले बिहीबार भट्टको स्मृतिमा दीप प्रज्ज्वलन गरेको थियो । साथै नेविसंघले भट्टको बलात्कारपछि हत्यामा संलग्नलाई छिटो पहिचान गरी कानुनअनुसार कारवाही गर्न पनि प्रदर्शन गर्दै माग गरेको छ ।

नेविसंघ नेता किशोर गुरूङले ‘भट्टको हत्यारालाई पक्राउ गर्न ढिलाइ गर्नुले कतै सरकार नै बलात्कारीको संरक्षणमा लागेको त होइन? भन्ने प्रश्न उठेको’ बताए । भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव स्थानीय सामुदायिक वनमा फेला परेको थियो । हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै उनका परिवारले शव बुझेका छैनन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *