काठमाडौं आउँदै गरेको मोटरसाइकल ट्रकमा ठोक्किँदा आगलागी, डाक्टर छोरा र बुवाको मृत्यु

धाडिङ । धाडिङमा सवारी दुर्घटना हुँदा बुवा-छोराको मृत्यु भएको छ।

थाक्रे गाउँपालिका-८ चारकिलोको पेट्रोल पम्पनजिकै बिहीबार दिउँसो पौने १ बजे मोटरसाइकल दुर्घटना भएको हो।

धाडिङबाट काठमाडौं आउँदै गरेको बा प्र ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल बसलाई ओभरटेक गर्नेक्रममा ट्रकसँग ठोक्किएको थियो।

ना १ क ६५४७ नम्बरको ट्रकसँग ठोक्किएपछि मोटरसाइकलमा आगलागी भएको इलाका प्रहरी कार्यालय खानीखोलाकी प्रहरी निरीक्षक रूपा थापाले जानकारी दिइन्।

मृतकहरू निलकण्ठ नगरपालिका-५ बस्ने ५९ वर्षीय बुवा बलराम अधिकारी र छोरा ३४ वर्षीय डा. सुरेश अधिकारी छन्।

‘ट्रकमा ठोक्किन गयो र पछि आगलागी भयो। छोराको आगलागीका कारण मृत्यु भएको देखिन्छ। बुवाको भुइँमा बजारिएर मृत्यु भएको देखिन्छ,’प्रहरी निरीक्षक थापाले भनिन्।

प्रहरीले घटनापछि दुबैलाई काठमाडौंको टिचिङ अस्पताल पुर्‍याएको थियो। तर चिकित्सकहरूले उनीहरू दुबैलाई मृत घोषणा गरेको थापाले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *