घरायसी विवादमा ज्वाइँले गरे सासूको हत्या

मोरङ । घरायसी विवादमा सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन्।

मोरङको जहदा गाउँपालिका-१ की ५५ वर्षीया जोखनीदेवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका-१ का २७ वर्षीय प्रेमलाल मण्डल पक्राउ परेका हुन्।

मण्डलले हिजो बिहान सवा ७ बजेको समयमा सामान्य घरायसी वादविवादको विषयमा खुर्पाले सासूको टाउकोमा प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी सवरीयाको उपचारको क्रममा कोसी अस्पताल विराटनगरमा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

हत्या आरोपमा पक्राउ परेका मण्डललाई हिरासतमा लिई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *