हाइटीमा राष्ट्रपतिको हत्या प्रयास असफल

 

पोर्ट ओ प्रिन्स । हाइटीका राष्ट्रपति जोभेनल मोइसले सोमवार आफुलाई हत्या गरी सरकार अपदस्थ गर्ने विद«ोह प्रयास असफल भएको जानकारी दिएका छन् । उनको कार्यकाल सम्बन्धमा विवाद चर्किरहेकाबेला यो षडयन्त्र प्रयास भएको हो । यस सम्बन्धमा एकजना वरिष्ठ न्यायधिश र प्रहरी अधिकारी लगायत कम्तिमा २३ जनालाई पक्राउ गरिएको सरकारी सुत्रले जनाएको छ ।
राष्ट्रपति मोइसेको कार्यकाल सन् २०२२ को फेब्रुअरीमा समाप्त हुँदैछ । तर विपक्षी राजनीतिक समुहले भने उनको कार्यकाल आइतवार नै समाप्त भइसकेको दावी गरिरहेका छन् । उनले सत्ता छाड्न अस्विकार गरेको विरोधमा राजधानी पोर्ट ओ प्रिन्स र अन्य शहरहरुमा प्रदर्शनकारीहरुले सडक तताएका छन् । प्रहरी र प्रदर्शनकारी बीच व्यापक भिडन्त भएको छ भने प्रहरीले प्रदर्शनकारीहरुलाई तितर वितर पार्न अश्रुग्यास प्रहार गरेका छन् । एटिन्ने जिन ड्यानियल नामक एकजना प्रदर्शनकारीले भनेका छन्– हामी जोभेनल माइसेले संविधान उल्लंघन गरेको स्विकार्न सक्तैनौं । संविधानको सम्मान होस् भन्ने हाम्रो माग हो ।
अर्का प्रदर्शनकारी जिन रेनाल्डले भनेका छन् –सरकारले विद«ोहमा संलग्न व्यक्रिहरुको अपरहण गरेका छन् । म तिनीहरुको यथासिघ्र रिहा होस् भन्ने चाहन्छुं । सुरक्षा अधिकारीहरुले सत्ता पल्टाउन खोज्ने विद«ोहीहरुका साथबाट एसल्ट राइफल , मेसिन गन र धारिला हतियारहरु लगायद नगद फेला परेको बताएका छन् ।
राष्ट्रपति मोइसेले आफ्नो ज्यानै लिने योजना असफल बनाइ दिएकोमा राष्ट्रपति भवनका सुरक्षा प्रमुखलाई धन्यवाद दिएका छन् ।
मोइसे सन् २०१६ को विवादास्पद आम निर्वाचनबाट सत्तामा पुगेको विपक्षीहरुको दावी छ । सन् २०१९ मा विधान सभा भंग गरिएपछि जारी भएको विशेष आदेशाज्ञा मार्फत मोइसेले दोश्रो कार्यकाल चलाइरहेका हुन् । मोइसे कुनै पनि हालतमा सत्ता छाड्ने पक्षमा रहेका छैनन् ।
ल्याटिन अमेरिकाको सबैभन्दा गरिब मुलुक हाइटीमा साठी प्रतिशत भन्दा बढि जनता गरिबीको रेखा मुनि रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *