लागुऔषधसहित एकजना पक्राउ

लमजुङ । लमजुङ प्रहरीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। सुन्दरबजार नगरपालिका–९, तल्लो बजारबाट लागुऔषधसहित सिन्धुपालचोकका मीनबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सिन्धुपाल्चोकको कुन्चोक–९ घर भई हाल सुन्दरबजारमा बस्दै आएका ३४ वर्षीय बानियाँलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको थियो।

खानतलासीका क्रममा बानियाँको साथबाट फेनेरागन एम्फुल ११ थान, नोफिन ११ थान, केयरज्याक ११ थान लागुऔषध फेला पारेको लमजुङका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका बानियाँँलाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान तथा कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *